समाचार

रवि लामिछानेले हाले उच्च अदालतमा जिल्ला अदालतको आदेश बदर गर्न मुद्धा

हेटौंडा । न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रश्तोता रवि लामिछाने र युवराज कँडेलले उच्च अदालत हेटौंडामा जिल्ला अदालत चितवनको निर्णय खारेज गर्न माग गर्दै निबेदन दर्ता गराएका छन् ।

न्यायाधीश कँडेलको ईजलासले ५ लाख र ३ लाख धरौटी माग गरि हिराशतमुक्त गर्न आदेश दिएपनि लामिछाने र कँडेलले फौजदारी कार्यिवधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।

भोली बुधबार प्रारम्भीक फैसला गर्ने उच्च अदालतले संकेत दिएको छ । पत्रकार शालिकराम पुडाशैनीको हत्यामा दुरुत्शाहन गरेको आरोपमा प्रहरीले चितवनको हिराशतमा राखेर १० दिन सम्म म्याद थपेका लामिछाने र कँडेललाई धरौटीमा रिहा गरेपनि अर्की आरोपी शुस्मीतालाई साधारण तारेखमा हिराशतमुक्त गर्न आदेश दिएको थियो ।