प्रदेश 1

सर्पले डसेर लक्ष्मीपुरमा किशोरीको मृत्यु

ईलाम । विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाको लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ की टीका विसुङ्खे छिन् । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चारआलीमा उनको मृत्यु भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।