आर्थिक

एभरेष्ट बैंक सहयोगमा विद्यालयमा शौचालय निर्माण

काठमाडौं । जोन्टा क्लब काठमाडौंले एभरेष्ट बैंकको सहयोगमा तल्लो भ्यूरन मध्यबिन्दु नगरपालिका वडा नं. १५ स्थीत बालसिद्ध बेसिक स्कुलमा शौचालय निर्माण गरेको छ । एभरेष्ट बैंकका तर्फबाट नारायणघाट शाखाका डेप्यूटी म्यानेजर श्री प्रभात उप्रेती र जोन्टा क्लब काठमाडौंकी प्रेसिडेन्ट सीमा गोल्छाले स्कुल भ्रमण गरेर स्कुल कमिटीका अध्यक्ष र प्रधानध्यापकलाई निर्माणित शौचालय हस्तान्तरण गरेका छन् । जोन्टा क्लबका तर्फबाट जोली राजभण्डारी, प्रतिक्षा राणा र बिपाशी तुलाधरको पनि उपस्थीति रहेको थियो ।

बालिकाहरुले स्कुल छोड्नुको प्रमुख कारण नै विद्यालयमा शौचालयको अभाव हो । यसले गर्दा उनीहरुको शिक्षामा बाधा पु¥याउँछ जसले गर्दा उनीहरुको सर्वांगिण विकासमा प्रभाव पर्छ र आर्थिक सशक्तिकरणमा असर पार्दै चरम गरिबी, बाल विवाह र हिंसाको चक्रमा पार्दछ ।
विद्यालयका शिक्षकहरु, बालबालिका र सहभागीहरुले एभरेष्ट बैंक र जोन्टा क्लबको यस सहयोगको प्रशंसा गरेका छन् । जोन्टा यस प्रयासमा एभरेष्ट बैंकसँग सहकार्य गर्न पाउँदा निकै खुसी छ ।