राजनीति

प्रदीप गिरिको देउवा/पौडेललाई सुझावः काँग्रेस बलियो बनाउने हो भने पहिला गुटबन्दी अन्त्य गर्नुस्

काठमाण्डौ । नेपाली काँग्रेसका नेता एवं बौद्धिक ब्यक्तीत्व प्रदिप गिरिले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई काँग्रेसभित्रको गुटबन्धी हटाउन माग गरेका छन् । आईतबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेताहरु आन्तरिक रुपमा नमिलेर गुटबन्दी बढेका कारण पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा काँग्रेसले नराम्रोसाग हार ब्यहोर्नुपरेको बताउँदै आउँदो निर्बाचनमा पार्टी आन्तरिक रुपमा बलियो नभए पहिलेको भन्दा गाह्रो अवस्था श्रृजना हुनसक्नेतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

नेता गिरिले प्रधानमन्त्री र पार्टी सभापति दुबै नेता हुने दिन आउने दाबी गर्दै मलेशीयाका प्रधानमन्त्री महाथिर ९३ बर्ष बाच्नुभएको उदाहरण दिँदै देउवा र पौडेल त्यो भन्दा ढबी बाँच्ने विश्वास गरेका छन् । नेता गिरिले पार्टी बलियो बनाउनतिर भन्दा आफू स्थापीत हुनतिर सबै नेताहरु लाग्ने परम्पराको विकास भएकोतिर चिन्तित हुँदै नयाँ पुस्तालाई आकर्षित गर्ने कार्य गर्नुपर्ने धारणा राखेका छन् ।

नेता गिरिले बिगतका चुनाबको हारलाई ध्यान नदिएर यस्तै भईरहे अहिले कमजोर भएको पार्टी फुनः उठ्न नसक्नेगरी सकिने बताउँदै शेरबहादुर जी, रामचन्द्र जी लगायत असन्तुष्ट पक्ष गिभ एण्ट टेकको हिसावमा चल्नुपर्ने धारणा राखेका छन् । ६० लाख युवाहरुलाई बाहिरबाट स्वदेश फर्काउनुपर्नेमा भएका युवालाई पनि नेपालमा बस्न गाह्रो भएको दाबी गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, मीनेन्द्र रिजाल, श्याम घिमिरे लगायत एक दर्जन नेताले आफ्ना कुराहरु राखेका थिए । काँग्रेसप्रति युवालाई आकर्शीत गर्नुको बिकल्प नभएको भन्ने सोच बनाउने भए पार्टीका नेताहरुमा भएको गुटबन्दी प्रबृतिको अन्त्य हुनुपर्ने उनको धारणा छ ।