बाग्मती

घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण

चरिकोट । दोलखाको वैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ३११ अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

गाउँपालिकाका सबै वडामा घुम्ती शिवर सञ्चालन गरी सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गरेको गाउँपालिका अध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिएका छन् । गाउँपालिकाभित्रका सबै वडाबाट ‘क’ वर्गका ३९, ‘ख’ वर्गका ८५, ‘ग’ वर्गका १०६ र ‘घ’ वर्गका ८१ लाई परिचयपत्र वितरण गरेको उहाँले बताए का छन् ।

सोमबार गाउँपालिकाको अस्थायी कार्यालय मेघेचौरमा शिविर आयोजना गरेको थियो । शिविरबाट ‘क’ वर्गका नौ, ‘ख’ वर्गका १५, ‘ग’ वर्गका १६ र ‘घ’ वर्गका १५ गरी कूल ५५ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् ।अपाङ्गता भएका व्यक्तिलाई कार्ड बनाउनका लागि गाउँपालिकासम्म धाउनका लागि गाह्रो हुने भएका कारण उनीहरुलाई सहज गराउन टोल–टोलमै पुगेर परिचयपत्र कार्ड वितरण गरेको अध्यक्ष आचार्यले बताए ।