खेलकुद

राष्ट्रिय महिला भलिबलको उपाधि नेपाल पुलिसले जित्यो

पोखरा । तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पोखराको लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको प्रतियोगिताको फाइनलमा चार पटकको च्याम्पियन न्यू डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले खेल २५–१६, २५–१४ र २५–२० ले जित्यो । उपाधिसँगै पुलिसले एक लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता न्यू डायमण्डले ६५ हजार पायो ।

खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ । २५–१३, २५–१६ र २५–१८ ले जितेको गण्डकीले २५ हजार रुपैयाँ पाएको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।