अन्तर्राष्ट्रिय

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी । जर्जियाका प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गरेका छन् । संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उनले राजीनामाको घोषणा गरेको समाचारमा उल्लेख गरिएको छ ।

विकासको प्रारुप बनाइरहेकै बेला आफूले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको उनले बताए । राजीनामा घोषणा गर्ने निर्णयमा पुगेपछि उहाँले फेसबुकमा लेख्नु भएको छ, “मेरो मिसन यस पटक पूरा गर्न सकिन ।”