आर्थिक

महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर भाद्र १० गते एक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापत्र एक कार्यक्रमकाबीच अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

उक्त सम्झौताअनुसार बैंककाग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले नेपालक्यान्सर अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् । सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा१०%, रेडियसन थेरापी र बीचथेरापीमा ५%तथाक्यान्सर स्क्रिनिङ प्याकेजमा १०% आकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।

देशका ९९ वटा शाखाहरुबाट बंैकिङ्ग सेवाप्रदानगर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।