आर्थिक

सिभिल बैंक र द हबि अटो ट्रेडिङ्ग बिच सम्झौता

काठमाण्डौ । सिभिल बैंक र द हबि अटो ट्रेडिङ्गबिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङ्गका तर्फबाट अध्यक्षउमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङ्गबाट ट्याक्टर, कृषिऔजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङ्गको सिफारिसमा सिभिल बैँकले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्नेछ ।

हालसम्म बैंकको ९६ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।