प्रदेश 2

पोखरीमा डुबेर एक बालकको मृत्यु

सर्लाही । चक्रघटा गाउँपालिका–७ औरहीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मानसिक असन्तुलन भएका स्थानीय रामकिशोर रायको नौ वर्षीय छोरा विशालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साँझ घरबाट निस्केका बालकको खोजतलास गर्दा गए राति गाउँकै पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले परेको थियो ।

लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सीमावर्ती भारतीय बजार सोनबरसाबाट लागुऔषध लिएर नेपाल प्रवेश गरेका सर्लाही चन्द्रनगर गाउँपालिका–८ बबरगञ्जका १६ वर्षीय कविकुमार महतो, ईश्वरपुर नगरपालिका–६ पोखरीयाटोल बस्ने १७ वर्षीय अभिषेक महतो र त्यहीका १५ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।ब्रहम्पुरी गाउँपालिकाको त्रिभुवननगरभेटिएका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा कविकुमार महतोको साथबाट १८ थान नाइट्रोभेट फेला परेको प्रहरीले जनाएको छ ।