समाचार

अनेकन धर्म, संस्कृत मुलुकको पहिचार र गौरवः सभापति देउवा

काठमाडौं । हिन्दु नारीको महान पर्व हरितालिका तिजको अवसरकार नेपाली कांग्रेसका सधापती शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।

तीज पर्वको अवसरमा उनले आफ्नो व्यक्तिगत एवं नेपाली कांग्रेस पार्टी समेतका तर्फबाट स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीवहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । नेपाल अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको र यी पर्व मुलुकको पहिचान र गौरब भएको उनको शुभकामना सन्देशमा उल्लेख छ ।

अनेक विमतिहरुका विचमा पनि समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन पर्वहरुले योगदान गर्दै आएको उनको भनाई छ । अतः सबै खाले पर्वमा आपसी प्रेम, सदभाव, विश्वास र भाईचारा व्यक्त गर्ने परम्पराले समाजलाई एक साझा फुलवारीका रुपमा प्रतिविम्वित गर्दै आएको बताएका छन् ।

तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ । अतः यो पर्वले आजको दिनमा नेपालको समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस्, म हृदयदेखि पुनः शुभकामना व्यक्त गर्दछु उनको सन्देशमा उल्लेख छ ।