पर्यटन/संस्कृति

एक दशक पछि यस वर्षदेखी पशुपतिको चारै ढोका खुल्लाः भत्तजनलाई सहज

काठमाडौं । यस वर्षदेखी पशुपतिनाथ मन्दिरको चारै ढोका खुल्ला गरिएको छ । तिजको अवसरमा मन्दिरमा भक्तजनको अत्यधिक भिड्लाई मध्यनजर गर्दै पुजाआजलाई सहज पार्न चारै ढोका खोलीको बताईएको छ ।

११ वर्ष पछि पशुपति क्षेत्र विकाश कोषले सर्वसाधारणका लागि मन्दिरको पुर्वी ढोका खोलेसंगै मन्दिरको चारवढै ढोका खोलीएको हो । बिगत कयौं बर्षदेखी सर्वसाधारणका लागि बन्द गरिएको ढोका करिब दस वर्षपछि पुनः खोलीको हो । २०६५ सालदेखि सर्वसाधारणका लागि बन्द गरिएको पूर्वी ढोका यसै वर्षको तीजदेखि खुला गरिएको हो ।

कोषले पूर्वी गेटलाई लामो समयदेखि पशुपतिनाथ मन्दिरमा जल ल्याउनका लागि मात्र प्रयोग गर्दै आएको थियो । कोषका सदस्यसचिव डा. प्रदीप ढकालले यस वर्षको तीजदेखि सधैंभरीका लागि पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला हुने बताएका छन् ।

तीजमा छिटो र सहजरुपमा पशुपतिनाथ मन्दिरको दर्शन गराउनका लागि आजबाट पूर्वी ढोका खोलिएको हो । तीज, बालाचतुर्दशी, महाशिवरात्रि, साउने सोमबार जस्ता बढी भीड हुने पर्वमा धेरै समयसम्म लाइनमा बस्नु परेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले पूर्वी ढोका पनि खुल्ला गरेको हो ।

पूर्वी ढोकासँगै यस वर्षको तीजमा भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । यस वर्षको तीजमा सामान्यतया आधा घण्टा र बढीमा दुई घण्टाभित्र भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिएको कोषका सदस्यसचिव डा. ढकालले बताए ।

पहिलो बाटो प्रयोग गर्नेहरुले गुहृयेश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा आजा गरिरहेका छन् । दोस्रो बाटोको रुपमा जयवागेश्वरी–भुवनेश्वरी–शंकराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी तेस्रो बाटोको रुपमा एयरपोर्टतर्फबाट–पिंगलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । यस्तै चौथो लाम बत्तीसपुतली(गौशालातर्फबाट पिंगलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।