अन्तर्राष्ट्रिय

इजरायली सेनाको गाडीमाथि हेजवुल्ला समूहद्वारा आक्रमण

जेन्सी । लेबनानी हेजबुल्ला समूहले सीमा क्षेत्रमा आएको इजरायली सेनाको गाडीलाई आइतबार आक्रमण गरी पूर्णरूपमा क्षति पुर्याएको बताइएको छ ।

उक्त समूहका अनुसार गाडीमा रहेका इजरायली सेनामध्ये केहीको मृत्यु भएको छ भने केही घाइते भएका छन् । लेबनानको स्थानीय टेलिभिजन च्यानल अल मानरले हेजबुल्ला समूहलाई उद्धृत गर्दै भनेको छ, “गाडीमा रहेका इजरायली सेनाहरूको मृत्यु भएको र केही घाइते भएका छन् ।”

गाडीमा कति सवार थिए र मृत्यु हुने वा घाइते हुनेको सङ्ख्या भने समाचार तयार पार्दासम्म खुल्न सकेको छैन । यसैबीच, हेजबुल्ला समूहको आक्रमणपछि दक्षिणी इजरायलले मारौन अल–रस र यारौन क्षेत्रमा आक्रमण गर्न आफ्नो सेना बाध्य भएको इजरायलले जनाएको छ ।