खेलकुद

सागका लागि महिला भलिबल खेलाडी छनोट

काठमाण्डौ । नेपाल भलिबल सङ्घले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० का लागि महिला भलिबल खेलाडी छनोट गरेको छ । साउन १ गतेदेखि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट प्रारम्भिक चरणमा १८ खेलाडी छनोट गरिएको हो ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानेर यसअघि १३औँ सागका लागि २५ खेलाडी छनोट गरिएको थियो । प्रारम्भिक चरणमा केही नियमित खेलाडी टिममा पर्न असफल भएका थिए । नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार छनोट हुने खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, शान्ति थारु, उनिषा भण्डारी, आरती सुवेदी, अरुणा शाही, जानकी भम्गारी, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, संगम महतो, सलिना श्रेष्ठ, शान्ति तामाङ, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का र हिरा केसी छन् ।

लक्ष्मी कुमाल, ममता डगौरा, कविता भट्ट, यमकली कुँवर मगर, पुष्पा शाही, सरस्वती कट्टेल र चन्द्रकला खरेल छन् । नेपाली महिला भलिबल टोलीलाई मुख्य प्रशिक्षक सलिना श्रेष्ठ तथा प्रशिक्षकत्रय जगदिशप्रसाद भट्ट, भरत यादव र उमादेवी गुरुङले प्रशिक्षण दिँदै आएको नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य टेककुमार राजभण्डारीले जानकारी दिए ।