आर्थिक

प्रभु बैंकको मध्य-बानेश्वर शाखा कार्यालय नयाँ बानेश्वरमा स्थानान्तरण

काठमाण्डौ । प्रभु बैंकले मध्य–बानेश्वरमा रहेको शाखा नयाँबानेश्वरमा स्थानान्तरण गरेको छ । आजदेखि सोही स्थानबाट कारोबार शुरु गरिएको बै.कले जनाएको छ । उक्त स्थानान्तरण गरिएको शाखाको समुद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले आज एक समारोहकाविच गरे ।

आजदेखि स्थानान्तरण भई नयाँबानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट यस क्षेत्रका संघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।