समाचार

तरुण दलद्वारा रक्तदान, रक्तदान जिवन दान भएकोले रगत दिँदा खुशी लाग्छः अध्यक्ष बस्नेत

भक्तपुर। तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत र भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको उपस्थिितिमा तरुण दल भक्तपुर ४ इकाईले १०५ औ विपी जन्यतीको अवसरमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा अध्यक्ष बस्नेतले रक्तदान गर्नुका साथै कार्यक्रम सफलताको कामना गरेका थिए । चैत्र १७ गतेको हावाहुरीबाट भएके क्षतीमा प्रति पपिरवार १० हजारका दरले सहयोग गरेर केहीदिन अगाडीमात्र काठमाण्डौ फर्किएका अध्यक्ष बस्नेतले रक्तदान नै जिवन दान भएकोले आफूलाई रक्तदान गर्दा ज्याद्यै खुसी लागेको बताए ।

नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले देशभरका स्थानीय तह, जिल्लामा नेपाली जनतासंग सहकार्य गरी समाजसेवमा लागिरहेको र त्यसलाई जनताले मूल्याँकन गरिरहेको सभापति थापाले बताए ।