राजनीति

हिन्दूहरुको आस्थामा चोट् पुग्यो, गाई मार्नेलाई तत्काल कारबकाही गर्नुपर्छः डा कोईराला

काठमाण्डौ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले सुर्खेतको भीरबाट गाई खसाल्नेलाई तुरुन्त कारबाही गर्नुपर्ने विचार राखेका छन् । डा कोईरालाले संबिधानले गाई राष्ट्रिय जनावर भनेको छ, गाईसँग हिन्दुहरुको अत्यन्तै ठुलो आस्था र संस्कृति जोडिएको भन्दै गाई भीरबाट खसालेर मार्नु हिन्दू धर्मालम्बीहरुको आस्थामाथी चोट पुर्याएको भन्दै कारबाही गर्नुपर्ने माग गरेका छन् । उनले विज्ञप्ती जारी गर्दै भनेका छन्,

‘संबिधानले गाई राष्ट्रिय जनावर भनेको छ।गाईसँग हिन्दुहरुको अत्यन्तै ठुलो आस्था र संस्कृति जोडिएको छ।भर्खरै सुर्खेतको भिरबाट खसाएर गाई मारिएको घट्नाले हिन्दुहरुको आस्थामाथी ठेस पुगेको छ।यो घट्नामा संलग्नलाई तुरुन्तै कानुनी कठघरामा ल्याएर कडा कारबाही गरियोस।’