अन्तर्राष्ट्रिय

अन्धाधुन्ध गोली चलाउदा पाँचको मृत्यु, १६ घाईते

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एक ब्यक्तीको अन्धाधुन्ध गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ३५ बर्षजतिका गोराबाट भएको उक्त गोली प्रहारबाट १६ जना घाईते भएको स्थानीय प्रहरीले पुष्टी गरेको छ ।

अमेरिकाकामा केही हप्ता अधि २२ जनाको ज्यान जानेगरी अन्धाधुन्ध गोलीबाट ज्यान गएको थियो भने यस्ता प्रकारका घटना अमेरिकामा सामान्य नै हुँदै गएको छ । गोली चलाउने ब्यक्तीलाई ट्राफिक प्रहरीले रोकेपछि उनले अन्धाधुन्ध गोली चलाउन शुरु गरेको समाचार छ । गोली चलाउने ती व्यक्तीलाई समेत प्रहरीले स्पोटमै गोली हानी मारेको दाबी गरेको छ ।