समाचार

जनतालाई सास्ती अनि ठेकेदार र सरकारलाई मस्ती स्वीकार्य छैन, अब चुप लाग्दैनौः गगन थापा

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन कुमार थापाले आफू काठमाण्डौ क्षेत्र नम्बर ४ को जनताको प्रतिनिधिको हैशियतले उक्त क्षेत्रमा पर्ने चावाहिल, कपनको बाटो निर्माण गर्न प्रधानमन्त्री, मन्त्री तथा ठेकेदारसँग कुरा गरेपनि त्यसको सुनुवाई नभएकोले धर्ना बस्नुपरेको बताएका छन् । सडक विभागमा गएर बसेको धर्नाको बिषयमा साँसदले धर्ना बस्ने कि नियम कानून बनाउने भन्ने मतदाताले प्रश्न सोध्नुभएको भन्दै २०७५ साल असार सम्ममा ठेकेदारले काम सक्नुपर्ने सम्झौता अनुसार काम नहुँदा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको खुलस्त गरेका छन् ।

नेता थापाले आफूले ठेकेदार, सडक विभाग, खानेपानी, बिद्यत लगाउतमा समन्वय गर्ने प्रयास गरेको भन्दै कानून र प्रकृयाको झन्झटका कारण काम नभएका उनीहरुको दाबी गलत भएके जिकिर गरे । प्रकृया वा कानून नमिलेर काम नहुने भन्दा काम गर्ने ठेकेदार र गराउने सरकार, सडक बिभागको नियत ठीक नभएको कारण समयमै काम सम्पन्न हुन नसकेको ठोकुवा गरेका छन् ।

आफूलाई कानून नभएर काम गर्न गाह्रो भएको धेरैपटक बताएको भन्दै नयाँ कानून भन्दा पुरानै कानूनले काम गर्न सकिने दाबी गर्दै कुन कानूनले काम गर्न दिएन भन्दै प्रश्न गरेका छन् । काठमाण्डौ ४ का प्रत्यक्ष निर्बाचित साँसद थापाले आफूले २ बर्षमा गर्न सक्नेजनि जनताका काम गर्ने प्रयास गरेको दाबी गर्दै आफूले ठेकेदारकोमा काम गर्ने मजदुरुका लागि बस्ने कोठा समेत खोज्ने काम गरेको बताए । साथीहरुले चावाहील र कपनको सडक बन्द गर्नुपर्छ भन्दा पनि आफूले जनतालाई थप दुःख दिन नहुने विचार आफूले राखेको बताए । जनतालाई शास्ती र सरकार अनि ठेकेदारलाई मस्ती स्वीकार्य नहुने सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत बताएका छन् ।
आफूले मन्त्रालय र साँसदमा समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निबेदन समेत दर्ता गराएको भएपनि त्यसमा कुनैपनि सुनुवाई नभएको बताए । आवश्यक्ता अनुसार सचिव, मन्त्री र प्रधानमन्त्रीसँग भेटेर कुनैपनि हालतमा विकासनिर्माणका काम गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।