राजनीति

आफ्नै सरकारको कामप्रति चरम असन्तुष्टी जनाउँदै नेकपाका दर्जनौ युवा काँग्रेसमा

काठमाण्डौं । नेकपा परित्या गरि नुवाकोटका ३४ युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा नुवाकोट तथा ककनी गाँउपालीकाका अन्तर्गतका नेकपाका बिभिन्न कमिटीहरुमा रहेर काम गरेका प्रकाश लामा, जगदीश लामिछाने, दिनेश खनाल, शेष राज भटट, गोबिन्द लामिछाने, अनम तामाङ, रामकुमार नेपाल,सन्जिब तामाङ, राज तामाङ, अशोक लामा, ज्ञनराज घिमिरे, अर्पण लामा, धन ब लामा, झङकनाथ घिमिरे, उत्तर लामा, सुरज लामा, लगायत दर्जनौं नेकपाका नेता कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

नेकपा परित्याग गरि काँग्रेस प्रवेश गरेका युवाहरुलाई आज एक कार्यक्रममा बिच नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले साधारण सदस्यता प्रदान गरे ।

पुर्व एमाले र माओबादीका कार्यकर्ता उनिहरुले समृद्ध नेपालको सपना देखेर नेकपालाई मतदान गरेपनि सरकार गठनपछि हत्या, हिंसा, अराजगता र भ्रष्टाचामा मुलुक डुवीरहेको अवस्थामा नेकपाबाट समृद्ध नेपाल बन्न नसक्ने ठहर गदै काँग्रेसमा प्रवेश गरेको बताए ।

पछिल्लो समय नेपाली काँग्रेसको संगठन निर्माण गर्न कृयाशील भएर लागीरहेका नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले पार्टी प्रवेश गरेका युवाहरुलाई सरकारको कार्यशैलीबाट निरास नहुन आग्रह गदै काँग्रेसको अत्याधीक बहुमत सहित देशलाई समृद्धिमा लगिने बताए । नवप्रवेशीहरुले नेकपासँग भरोसा राखेर भोट मागेर जिताएपनि देश र जनताको लागि केही नगरेकोले काँग्रेसलेमात्र देशको विकास गर्न सक्छ भन्दै पार्टी प्रवेश गरेको बताएका थिए ।