कृषि

मुलुकबाट कृषिजन्य वस्तुको निर्यातको क्रम दयनीय

काठमडौं । नेपालबाट निर्यात हुने कृषिजन्य वस्तु घटेको देखिएको छ । नेपालबाट भारतसहित तेस्रो मुलुक निर्यात हुने मुख्य गरी अलैँची, अदुवा र चियाको परिमाण घटेको एक तथ्याङ्कले देखाएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन बोर्डका अनुसार नेपालबाट सबैभन्दा बढी विदेश निर्यात हुने अदुवाको परिमाण ह्वात्तै घटेको देखिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा दुई करोड ३१ लाख २२ हजार ५९३ किलो अदुवा निर्यात भएकामा गएको आर्थिक वर्ष २०७५÷०७६ मा एक करोड ४९ लाख १९ हजार एक सय ९५ किलो मात्र निर्यात भएको देखिएको छ ।
तथ्याङ्क हेर्दा अघिल्लो आवभन्दा गत आवमा ३५ दशमलव ४७ प्रतिशतले अदुवा निर्यात घटेको देखिन्छ । यस्तै, अदुवाको परिमाण मात्र नभई अदुवाबाट प्राप्त आम्दानी समेत गत आवमा घटेको तथ्याङ्कले देखाउँछ । आव २०४÷०७५ मा रु ७७ करोड २४ लाख ७५ हजारको अदुवा निर्यात भएकामा गत आवमा रु ५१ करोड २२ लाख ९६ हजार बराबरको मात्र अदुवा निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

यस्तै, नेपालबाट निकासी हुने अर्को कृषिजन्य वस्तु अलैँचीको परिमाण पनि घटेको तथ्याङ्कले देखाउँछ । अघिल्लो आव (०७४÷०७५)मा ५४ लाख दुई हजार ११ किलो निर्यात भएकामा गत आव (०७५÷०७६)मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएको व्यापार तथा निकासी निर्यात प्रवद्र्धन शाखाले जनाएको छ ।

अघिल्लो आव (०७४÷०७५)मा अलैँचीको रु चार अर्ब ८४ करोड ९१ लाख ५५ हजार आम्दानी भएकामा गत आवमा रु चार अर्ब २८ करोड ४१ लख ९९ हजारको मात्र आम्दानी भएको पाइएको छ । यसरी हेर्दा आवमध्ये गत आवमा ११ दशमलव ६५ प्रतिशतले अलँैचीबाट प्राप्त हुने आम्दानी घटेको देखिन्छ ।

यस्तै, प्रवद्र्धन शाखाको तथ्याङ्कअनुसार गत आवमा चियाको परिमाण र आम्दानीसमेत घटेको देखिन्छ । आव २०७४÷७५ कोभन्दा २०७५÷७६ मा एक दशमलव पाँच प्रतिशतले घटेको देखिन्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्गअनुसार आव २०७४÷७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५÷७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।