समाचार

श्रीमान आउने बाटो हेररेर नथाकेका ति आँखाः आशमै बित्यो दुई दशक

काठमाडौं । “माओवादी आउँथे, घरमा पकाएको खाना खान्थे, । कार्यक्रममा बोलाएर लैजान्थे, त्यही निहुँमा सुरक्षाकर्मीले श्रीमान् भद्रवीर रानालाई घरबाटै पक्राउ गरेर बेपत्ता पारेको पनि १८ वर्ष बितिसक्यो”, भेरी नगरपालिका–१ पिपेकी बली रानाले भनीन् ।

माओवादी द्वन्द्वका क्रममा सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका श्रीमान् फर्केर आउँलान् भनेर कुर्न थालेको उउनको वर्षौं दिन बित्यो । उनलाई बेपत्ता श्रीमान् फर्केर आउँलान्भन्दा भन्दै १८ वर्ष बितेको पत्तै भएन । अहिले पनि श्रीमान फर्केर आउँछन् कि भन्ने झिनो आशा छ ।

बलीले भनीन्, “जीवन साथी गुमाउनु पर्दा आँशु पिएर जिउनुको विकल्प भएन, मेरोजस्तो पीडा कसैले भोग्न नपरोस्, युद्धको नाममा हामीजस्ता सोझा नागरिकलाई तड्पाउने काम कसैले नगरुन ।” उनले बेपत्ता पार्नेलाई सास वा लाश दिन माग गरीन ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म छानबिन नभएकामा उहाँ निकै दुःखी छन् । उनले भनिन, “ढिलै भए पनि हामीले न्याय पाउँछाँै कि भन्ने आशा थियो, यो आयोगले पीडितलाई न्याय दिलाउ लाजस्तो लागेन ।”

त्यस्तै वडा नं २ रिसाङ्गकी कमला शर्माले आफ्ना श्रीमान् बेपत्ता भएको १८ वर्ष बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएको बताएकि छन् । अध्ययनका लागि नेपालगञ्ज गएका श्रीमान् शिवप्रसाद शर्मालाई तत्कालीन शाही नेपाली सेनाले २०५८ सालमा माओवादी भएको आरोपमा बेपत्ता बनाएको उनले बताईन ।

एनले भनिन्, “घरको मूली मान्छेलाई बेपत्ता पारिएपछि आफू, दुई छोरी आँशु बगाएरै जीउन बाध्य भयौँ, अहिले जीवन निर्वाहमा निकै समस्या परेको छ, छोरीहरुले बाबा खै भन्छन्, मैले के जवाफ दिने ? हामीलाई यसरी कहिले सम्म तड्पाएर राख्ने ? मरेको वा बाँचेको अवस्था सार्वजनिक गरियोस् ।”

एनले आफ्ना निर्दोष श्रीमान्लाई बेपत्ता पार्ने सुरक्षाकर्मीलाई कारवाहीको माग गरीन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी गरे पनि न्याय पाउनेमा आशावादी नभएको उनले बताईन् । यस्तै भेरी–१ कालेगाँउकी ७३ वर्षीया चनावती बटालाले छोरा फर्केर आउला भन्ने आश मारिसकेकी छन् ।

तर उनलाई न्यायको आश भने मरेको छैन । उनलाई बुढेसकालको साहारा बन्ला भनेको छोरो बेपत्ता भएको २१ वर्ष बितिसक्यो तर अहिलेसम्ममा छोराको अवस्था थाह पाउन सकिनन् । “छोरो ज्यूँदो होला भन्ने आशा पनि छैन”, उनले भनिन्, “माओवादी आरोपमा मेरो छोरालाई सुरक्षाकर्मीले घरबाटै पक्राउ गरेर २०५५ सालमा लिएका हुन्, त्यसपछि उनीहरुले छोरालाई बेपत्ता बनाए, सायद मारिदिए होलान, मेरा छोरालाई बेपत्ता पार्नेलाई हदैसम्मको कानूनी कारवाही होस् अन्य क्षतिपूर्ति केही चाहिएन ।”

जाजरकोट नगरपालिका–४ की राज्यलक्ष्मी खनालले पतिलाई बेपत्ता बनाएपछि आफ्नो जीवन निर्वाहमा निकै समस्या परेको गुनासो गरीन् । जिल्ला प्रहरी कार्यालय जाजरकोट परिसरमा रहेको कालिका मन्दिरका पुजारी रहेका शर्मालाई सुराकीको आरोपमा तत्कालीन विद्रोही माओवादीले २०५८ सालमा अपहरण गरी बेपत्ता बनाएका थिए ।

आफ्ना पतिको सास वा लाशको अवस्था सार्वजनिक गर्न र बेपत्ता पार्नेलाई कारवाही गर्न उहाँले माग गरेकि छन् । जाजरकोटमा अझै १३ जना बेपत्ताको सूचीमा छन् । यि महिला त केहि प्रतिनीधि पात्र मात्र हुन् यस्ता धेरै आमा, श्रीमति छन् जो वर्षाैदेखी छोरा, श्रीमान फर्केर आउला भनेर वाटो कुरिरहेको छन् । आफ्ना छोरा श्रिमाणको हँयाराले सजाए नपाउँदा उनिहरुले न्याय पाएका छैनन् ।