राजनीति

गौहत्या काण्डमा संलग्नलाई कडा कारबाहि गर्नुपर्दछः डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवदी पार्टी  राष्ट्रिय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले सुर्खेतमा भएको गौहत्याप्रति गम्भिर ध्यानाकर्षन भएको बताएका छन् । सरकारको गैरजिम्मेवारी पनका कारण छाडा पशु चौपाएको उचित व्यवस्थापन हुन नसक्दा यस्तो घटना भएको उनको भनाई छ ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले गाई– गोरु जस्तो धर्मसंग जोडीको पशुहरुको व्यवस्थापन बारेसरकारको  सहि नीति नहुनुले मुलुमा धर्मसंग भयंकर त्रासदीको कारण हुने तर्फ चेतावनी दिएका छन् ।  साथै भट्राईले उक्त गौहत्या काण्डमा सहभागीको तत्काल पहिचान गरि कडा कारबाहि गर्न सरकारलाई आग्रह गरेका छन् ।

साथै यस्तो घटना नदोहोरीनका लागी छाडा पशु चौपाएको व्यवस्थापनका लागी कडाईका साथ उचित नीति निएम बताउनुपर्नेमा जोड दिएका छन् । हिँजो नेपालगन्जबाट दैलेख लैजाँदै गरिएका गाई सुर्खेतको वीरेन्द्रनगरको कटकुवा जंगलको भीरबाट खसालिएको छ ।

भीरबाट खसाल्दा १६ गाई मरेका छन् भने ५० गाई घाइते भएका छन् । बिहीबार राति नेपालगन्जको कान्जीहाउसबाट २९१ गाईसहित ८ ओटा ट्रक दैलेख हिँडेका थिए । तर, सम्बन्धित ठाउँमा नर्पुयाइ गाईलाई सुर्खेत, वीरेन्द्रनगरको कटकुवास्थित जंगलको भीरबाट खसालिएको छ । ट्रकबाट ढुंगाजसरी खसाल्दा १६ गाई मरेका छन् भने ५० गाई घाइते अवस्थामा छन् ।

 

उनको ट्वीटः कति जघन्य अपराध!कस्तो निर्दय र गैरजिम्मेदार हर्कतछाडा पशुचौपायाको उचित व्यवस्थापन हुन नसक्नु वा गाईगोरू जस्ता विशेष धार्मिक आस्थासंग जोडिएका पशुहरूको व्यवस्थापनवारे सही नीति नहुनु यो भयंकर त्रासदीको कारण हुनसक्छ! यसवारे गम्भीर छानवीन होस् र राज्यले तत्काल उचित नीति निर्माण गरोस