राजनीति

समयमा काम नगर्ने प्रचण्डका ठेकेदारलाई कारबाही नगरे सिंहदरबारमा धर्ना बस्छौँः गगन थापा

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं साँसद गगन कुमार थापाले काठमाण्डौका बाटाहरु निर्माण नभएर नेपाली जनताले सास्ती भोग्दा पनि सरकारले कान नसुनेजस्तो गर्नु दुर्भाग्य भएको बताएका छन् ।

पटक पटक जनताका प्रतिनिधिका हैशियतले सडक विभाग लगायतका सरोकारवाला निकायलाई पत्र पठाएर ध्यानाकर्षण गराएपनि नटेरेपछि शुक्रबार साँकेत धर्ना बस्न बाध्य भएको बताएका छन् । नेकपा निकटका निर्माण व्यावशायी शैलुङ कन्स्ट्रक्सनले निर्माणको ठेक्का स्वीकृति पाएपनि २ बर्षमा २० प्रतिशतमात्र काम भएको भन्दै उक्त कम्पनीको ठेक्का रद्धगरी नया कम्पनीलाई काम गर्न दिनुपर्ने धारणा राखेका छन् ।

निर्माण समयमा नगर्ने ठेकेदारलाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेको आरोप लगाउँदै अब पनि काठमाण्डौका जनताको आवाज नसुने सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।