अन्तर्राष्ट्रिय

विपक्षी नेता फर्किएमा तत्काल पक्राउ गरिने कम्बोडियाका प्रधानमन्त्रीको भनाई

एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री साम्डेच टेचो हुन सेनले विपक्षी नेता साम रैन्सी स्वदेश फर्किएमा २४ घण्टा भित्रमा पक्राउ गरिने बताएका छन् । कम्बोडियोको प्रसिद्ध सञ्चारमाध्यम ‘फ्रेस न्युज’लाई दिएको विषेश अन्तर्वार्ताका क्रममा शुक्रबार उहाँले विपक्षी नेतालाई पक्राउ गर्ने बारेमा जानकारी दिएका छन् ।

“यदि उहाँ नोभेम्बर ९ तारिखका दिन स्वदेश फर्किए उनले भने हतकडी लगाएर थुन्न लगिने छ,” प्रधानमन्त्री हुन सेनले भने । पूर्वराष्ट्रपतिसमेत रहनुभएका ७० बर्षीय नेता रैन्सीलाई उनले स्वदेश फर्किन चुनौती पनि दिएका छन् । रैन्सीले नेतृत्व गरेको कम्बोडिया नेस्नल रेस्क्यु पार्टी ९सिएनआरपी० लाई केही समय अगाडि अदालतले विघटन गरिदिएको थियो ।

अपराध सम्वन्धी मुद्दामा दोषी ठहर गरी कम्तीमा १६ बर्ष जेल सजाय समेत अदालतले फैसला गरेपछि उहाँ सन् २०१५ देखि फ्रान्समा निर्वासित जीवन विताइरहेका थिए ।