मनोरञ्जन

‘गुञ्जन’ बनिन् सारा, साथ दिए प्रितमराजले, पोखरामा सुटिङ

काठमाडौ । बिगत दुई दशकदेखि द्धन्द्ध निर्देशकका रुपमा सक्रिय अष्ट महर्जनले निर्देशकका रुपमा डेब्यु गरेका छन् । उनको डेब्यु फिल्म ‘गुञ्जन’ को मंगलबारदेखि पोखराका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ ।

बिसुद्ध प्रेमकथामा रहेको यही फिल्मबाट नवयुवा प्रितमराज सेन्चुरीले हिरोका रुपमा डेब्यु गरेका छन् । फिल्ममा प्रितमराजको जोडीका रुपमा अभिनेत्री सारा श्रीपाली छिन् । बिन्दवासीनी मन्दिरमा शुभ मुर्हत गरी सुटिङ सुरु गरिएको फिल्ममा प्रितमराज र साराका साथमा सरोज खनाल, हिउँवाला गौतम,कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद,आइपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकार छन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्मको छायाँकार राजेश श्रेष्ठ हुन् । ए. एच इन्टरटेन्मेन्टको ब्यानरमा रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्मका गीतको कोरियोग्राफी कविराज गहतराजले गर्ने छन् ।

झण्डै ९० प्रतिशत छायाँकन पोखरामा गरिने फिल्मको बाँकी सुटिङ काठमाडौमा गरिने जानकारी निर्देशक अष्टले दिएका छन् । हाल तीव्रताका साथ सुटिङ भइरहेको ‘गुञ्जन’ फागुन तेश्रो साता प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।