समाचार

राष्ट्रपतिसँग जापानको प्रतिनिधिसभा सदस्य तोमोमीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको जापानको प्रतिनिधिसभा सदस्य इनादा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज शिष्टाचार भेट गर्‍यो ।

त्यस अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका साथै दुवै देशमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धिलगायत विषयमा विचार विमर्श भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटका बेला नेपाल र जापान सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।