साहित्य

कुसे औसीको शुभकामना

आर पी तिमिल्सिना
आज
बुवाको मुख हेर्ने दिन
जस्ले दियो एक नया जीवन
जस्को कान्छी औला समात्दै
पदचाप पछ्याउदै
अनि
बिस्तारै बाकी दुनियाको
सयर गराय
अनि पो म काबिल भय।

आज मसङ्ग बाबाको
कान्छी औला भन्दा
बडेमानका खुट्टा छ्न
नास्ता मेरो एक शहर हुन्छ
रात्रीभोज अर्कै देशमा हुन्छ
म सङ्ग सान छ सौगात छ
मान छ र औकात पनि छ।

मैले कता कता हराय सायद
मेरो संस्कार
मेरो कर्तव्य
मेरो दोष हो या अरु कसैको
आज मेरो ठुलो दुनियामा
मेरो सपनाको बगैंचामा
बाबा पनि कतै हराय किरु
मैले पनि केही बिराय किरु

म प्रबिधिमा बाच्ने मान्छे
अत्याधुनिक युगको नया मान्छे
मेरो देशको भयानक चक्रपातले
मान्छेले मान्छेको मासु खाने महाजालले
प्रत्येक दशक जसो आउने जाने भुकम्प
अनि पराकम्प पछी आउने
निराशाको चक्रब्युहले
सत्यानाश भयको समयमा
सपनाहरु बरालिने मौसममा
उनमुक्तीहरुमा नेल लाग्ने बर्तमानमा
मेरो जन्मथलोमा पनि पहिरो गयछ
सभ्यता भासियको घाउ गहिरो भयछ
मेरो पुर्खाको घर समेत
खण्डहर भयछ
लोकलाजदेखि कर्तब्य
सबै भ्रम भयछ
उफ्फ !
मेरो बाबालाइ बाँस बस्ने ठाँउ
बृद्दाश्रम भयछ।

अरु दिन त सम्झेन बाबा हजुरलाइ
आज कुसे औसी हराउदै गयको समय
ह्याप्पी फादर्स डे मौलाउदै गयको समय
खुट्टा ढोगेर आशिर्वाद माग्न भन्दा
सामाजिक संजालमा
धोइ पखाली
सुन्दर खालको तस्वीर
दुनियालाइ देखाउने जमाना
मैले पनि भन्नै पर्ने भो
ह्याप्पी फादर्स डे
कुसे औसीको शुभकामना।