आर्थिक

सातै प्रदेशमा ठुला उद्योग खोल्ने सरकारको तयारी आन्तिम चरणमाः अर्थमन्त्री

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला उद्योग खोल्नका लागि  तयारी चरणमा पुगेको बताएको छ । नेपाल चेम्वर अफ कर्मसले आज काठमाडौंमा आयोजना गरेको एक अन्र्तक्रियात्मक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् ।

चेम्वर अफ कर्मसको आयोजनामा नेपालको अर्थतन्त्रको विकाशमा अवसर र चुनौतिक विषयक एक अन्र्तक्रियामा मन्त्री खतिवडाले उद्योग खोल्नका लागि सातै प्रदेशमा जग्गाको तयारी भैरहेको पनि बताएका छन् ।

अर्थमन्त्री खतिवडाले बैंकबाट ऋण लिँदा तिर्न सक्ने अबस्थामा मात्र लिन  व्यापारीलाई आग्रह गरेका छन् । साथै उनले बैदेशिक ऋणको लागि पनि बाटो खुल्ला भएको बताए ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष कमलेश अग्रवा, दिपक मोलवात्रा लागायतले कार्यक्रममा बोलेका थिए ।