लुम्बिनी

छाडा चौपायाका कारण दुर्घटना बढ्दै

कोहलपुर । बाँकेको कोहलपुरदेखि नेपालगञ्ज सडकमा सवारी दुर्घटना बढ्दै गएको छ । सडकमा जथाभावी रहेका छाडा पशुसँग ठोक्किएर पछिल्लो समय धेरै दुर्घटना भएका छन् । तर, छाडा चौपाया नियन्त्रणका लागि कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र ट्राफिक प्रहरीले कुनै चासो देखाएका छैनन् ।

कोहलपुर–नेपालगञ्ज चारलेन सडकमा छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको छ । सडकमा छाडा छाडिएका छाडा चौपाया बिच भागमा आवतजावत गर्ने र बिच सडकमै बस्ने गरेका कारण दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् । सवारी दुर्घटनामा सडकमा रहेका गाईगोरु पनि मर्ने गरेका छन् ।

रातिको समयमा छाडा चौपायासँग ठोक्किएर सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ओम पौडेलले बताए । उहाँका अनुसार छाडा चौपायासँग ठोक्किएर राति ८ः०० बजेपछिको समयमा सवारी दुर्घटना हुने गरेका छन् ।

राति सडकमा बसेका गाईगोरु नदेखिने हुँदा सवारी दुर्घटना हुने गरेको छ । “दिउँसोमा त्यति धेरै दुर्घटना हुँदैनन्, गाईगोरु चर्न जान्छन् होला रातिको समयमा छाडा चौपाया सडकमा बस्ने हुँदा दुर्घटना हुने गरेका छन्”, उनले भने ।

छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिका, उपमहानगरपालिका, ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले पटक–पटक पहल गरे पनि नियन्त्रण हुन नसकेको उहाँले बताएका छन् । छाडा चौपाया सबैको टाउको दुखाइको विषय भएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले बताए । उपमहानगरपालिकाले व्यवस्थित काञ्जी हाउस सञ्चालनको तयारी गर्न नसकेकाले पनि यो समस्या बढेको हो ।

विगतमा उपमहानगरपालिकाले नेपालगञ्ज क्षेत्रका छाडा चौपाया गाई, गोरु, गधा बाँके निकुञ्जभित्रको जङ्गलमा पु¥याएर छाडे पनि यसले दीर्घकालीन समस्या समाधान हुन सकेको छैन । सडकपेटीमा बस्न, खान र हिँड्न पाएका गाई, गोरु, खच्चरले आवतजावतमा अवरोध र सडक दुर्घटना बढाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवीन्द्र बमले छाडा चौपायाले सडक व्यवस्थापन र ट्राफिक सहजतामा बाधा पु¥याएकाले यो विषयमा चनाखो भएर लाग्ने बताउनुभयो । सडक दुर्घटनामा जिल्लामा एक वर्षको अवधिमा ६० जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा दुई चौपायाको मृत्यु र एक घाइते भएकासमेत ट्राफिकको प्रतिवेदनमा उल्लेख छ ।

ट्राफिकको तथ्याङ्कअनुसार बाँकेमा हरेक साता सरदर दुई सडक दुर्घटना हुने गरेका छन् । दुर्घटनामा प्रत्येक साता एक जनाको मृत्यु र तीन जना गम्भीर घाइते हुने गरेका छन् । आव २०७५÷७६ मा छाडा चौपायासँग ठोक्किएर भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।