प्रदेश 1

मोङमा कृषि उद्यमतर्फ आकर्षण बढ्दै

मोरङ । जिल्लामा कृषि उद्यमतर्फ आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा दर्ता भएका उद्योगमा धेरै कृषि तथा वनजन्य रहेका छन् । एक वर्षको अवधिमा एक हजार ३४७ नयाँ उद्योग थपिएका छन् । यसमध्ये ५४० कृषि तथा वनजन्य उद्योग दर्ता भएका हुन् ।

कृषि तथा वनजन्य उद्योगतर्फ महिलाको सङ्ख्या पनि उल्लेख्य रहेको छ । अहिले व्यावसायिक उत्पादनको उद्देश्य राखेर कृषि तथा वनजन्य उद्योग दर्ता गर्ने लहर नै चलेको छ । एक वर्षको अवधिमा २१७ महिला र ३२३ पुरुष उद्यमीका नाममा गरी ५४० नयाँ कृषि तथा वनजन्य उद्योग दर्ता भएका कार्यालयका सूचना अधिकारी रमेश घिमिरेले बताउनुभयो । यस अवधिमा दर्ता भएका एक हजार ३७ नयाँ उद्योगमा रु पाँच अर्ब ६४ करोड ३२ लाख ५४ हजार लगानी गरिएको छ ।

नयाँ दर्ता भएका उद्योगमा ५४० कृषि तथा वनजन्य, उत्पादनमूलक उद्योगमा ३५१, निर्माणका २१, सेवामूलक ४७१ उद्योग दर्ता भएका छन् । कृषि तथा वनजन्य उद्योग दर्तामा उत्साह देखिए पनि पर्यटन, ऊर्जा, खनिज र सूचना प्रविधि प्रकृतिका उद्योग भने दर्ता भएको देखिँदैन । यी नयाँ उद्योगमा एक हजार ५५३ महिला र दुई हजार ४३८ पुरुषले रोजगार पाउने छन् ।

सूचना अधिकारी घिमिरेका अनुसार लघु उद्योगतर्फ निजी ५१ दर्ता भएका छन् । सानातर्फ निजी एक हजार १४५, साझेदारी ९५ र कम्पनि ९प्रालि० ५६ वटा नयाँ उद्योग दर्ता भएका हुन् । गत वर्ष थपिएका घरेलु, तथा साना उद्योगमध्ये ५१६ महिला उद्यमीले नयाँ उद्योग दर्ता गरेका हुन् ।

जिल्लामा हालसम्म लघु, साना र घरेलुतर्फ नौ हजार ७२८ उद्योग दर्ता छन् । जसमध्ये लघुतर्फ १४५, सानाका निजी फर्मतर्फ आठ हजार ५२१, साझेदारीफर्म ५८१ र प्रालितर्फ ४४७ तथा घरेलुतर्फ निजी फर्म ३४ दर्ता भएका सो कार्यालयले जनाएको छ ।