राजनीति

सिंहदरबारदेखी गाउँ–गाउँ सम्मको भ्रष्टचार बिरुद्ध कांग्रेसले संसद अवरुद्ध गर्नुपर्छः नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले भ्रष्टचारका विरुद्ध एक हुन पार्टी पङक्तिका सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

वर्तमान ओली नेतृत्वको सरकारका कारण मुलुकमा भ्रष्टचार मौलाएको बताउँदै नेता गुरुङले संसदमा कडा रुपमा उपस्थित भई संसद अवरुद्ध गर्नुपर्ने बताएका छन् ।  सामाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले यस्तो आग्रह गरेका छन् ।

दुई तिहाईको ओली सरकारले सिंह दरबारको अधिकार गाउँ गाउँ पुर्याउने भने पनि नेकपाको सरकारले सिंहदरबारको अधिकार प्रधानमन्त्री ओलीसम्म केन्द्रि गरेको बताएका छन् । साथै गाउँ गाउँमा भ्रष्टचार बाहेक केहि पनि पुर्याउन नसकेको उनको भनाई छ ।

उनको ट्वीटः नेका केस बैठकमाः“सिंहदरवारको अधिकार गाउँगाउँमा पुर्याउने भन्यौं तर नेकपाको सरकारले सिंहदरवारको अधिकार प्र.म.मा केन्द्रीत गर्यो र सिंहदरवारको भ्रष्टाचार गाउँगाउँमा पुर्यायो । भ्रष्टाचारका काण्ड बिरुद्व कांग्रेसले संसदमा कडा रुपमा उपस्थित हुनुपर्छ र संसद अबरुद्व समेत गर्नुपर्छ ।“