अन्तर्राष्ट्रिय

नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा कोन्टेलाई आग्रह

एजेन्सी । इटालीमा नयाँ मन्त्रीमण्डल गठनका लागि प्रधानमन्त्री जिसेपी कोन्टेलाई औपचारिक बाटो खुला भएको छ ।

इटालीका राष्ट्रपति सर्जेओ मटारेलाले बिहीबार प्रधानमन्त्री कोन्टेलाई नयाँ मन्त्रीमण्डल गठन गर्न औपचारिकरूपमा आग्रह गरेसँगै नयाँ सरकारको नेतृत्वका लागि उहाँलाई बाटो खुलेको हो ।

सन् २०१८ को जुन १ मा इटालीको प्रधानमन्त्री बनेका कोन्टेविरूद्ध आफ्नै मन्त्रीमण्डलमा उप–प्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री रहेका मटेओ साल्भिनीको नेतृत्वमा संसदमा अविश्वासको प्रस्ताव पेश गरिएको थियो ।

कोन्टेले सरकार टिकाउनका लागी आवश्यक बहुमत पुर्याउन असम्भव देखेपछि मतदानपूर्व नै गत अगस्ट २० मा राजिनामाको घोषणा गरेका थिए । त्यसपछि उनले कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।