समाचार

पूर्व घोषणा बमोजिम तरुण दलले बारा/पर्सा हावाहुरी पीडितलाई १०/१० हजार बाँड्यो

बारा । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलले केही महिना अघि बारामा गएको हावाहुरीबाट ज्यान गुमाएका ३१ परिवारलाई नगद सहयोग वितरण गरेको छ।

बुधबार दलका अध्यक्ष जीतजंग बस्नेतले बारामा आयोजित एक कार्यक्रममा उक्त रकम मृतकका परिवारलाई हस्तान्त्रण गरेका छन्।

नेपाल तरुण दल बाराले संयोजक गरेको राहत हस्तान्त्रण कार्यक्रममा हावाहुरीबाट ज्यान गुमाएका ३१ वटै परिवारका सदस्यहरु सहभागि थिए । दलका अध्यक्ष बस्नेत र कोषाध्यक्ष विद्धान गुरुङले ३१ परिवारका सदस्यलाई जनहि १० हजार रुपैया नगद राहत स्वरुप हस्तान्त्रण गरेका हुन्। ‘एक परिवार १० हजार भन्ने कार्यक्रम बनाएर हामीले हावाहुरीबाट ज्यान गुमाएका ३१ परिवारका सदस्यहरुलाई रकम हस्तान्त्रण गरका हौ’ अध्यक्ष बस्नतेले भने।

उक्त राहतका लागि तरुण दल केन्द्रीय समितिलाई तरुण दल अमेरिका शाखाले २ लाख रुपैया, तरुण दल दोलखा शाखाले १ लाख १६ हजार रुपैया र अर्घाखाँचीका सुरज पोखरेलले १० हजार रुपैया सहयोग गरेका थिए।

नेपाल तरुण दलले प्राकृतिक विपत्तीमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ । बारा र पर्सामा हावाहुरीले वितण्ड मच्चाएपछि तरुण दलले त्यही पुगेर पुर्नस्थापना र राहत वितरणमा पनि सहयोग गरेको थियो। तरुण दलले त्यसबेला नै १० ज्ञ० हजार सहयोग गर्ने घोषणा गरेबमोजिम सहयोग वितरण गरेको हो ।