राजनीति

काँग्रेस बैठकमा छलफल नसकिएपछि शुक्रबार पुनः बस्नेगरी सम्पन्न

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केही भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान स्वीकृतिका लागि तथा समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुका सन्दर्भमा आवश्यक निर्णय लिन पर्ने र भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता पाउन विभिन्न संस्थाहरुले दिएको निवेदनको विषयमा प्रस्ताव प्रस्तुत गरेका छन् । महामन्त्री खड्कासंगै सहमहामन्त्री डा. प्रकाशशरण महतले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । ।

आजको बैठकमा स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने प्रस्ताव पनि प्रस्तुत भएको पार्टीले बताएको छ । पार्टीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकका पिता ८७ वर्षीय डा। प्रयागदत्त लेखकको भाद्र ७ गते, नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि, काभ्रेका पूर्व कोषाध्यक्ष, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं शंकरदेव क्याम्पस स्ववियुका पूर्व सभापति मनोहर गोपाल श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका सभापति कविराज पण्डितको ९० वर्षीया ममतामयी माता रत्नकला पण्डित, दाङ जिल्ला साविक नारायणपुर गाविस १ कार्यसमितिका पूर्व सभापति वीरेन्द्र पाण्डेको भाद्र १० गतेस धनुषा बटेश्वर गापा १ का ६२ वर्षीय लक्ष्मीनिवासका पूर्व सभापति रामनारायण महतो, नेपाली नाट्यकलाको क्षेत्रमा अतुलनीय योगदान पु¥याएकी वरिष्ठ चलचित्र अभिनेत्री सुभद्रा अधिकारीस वरिष्ठ चलिचित्र निर्देशक किशोर राणा, चित्रकार स्वयंप्रकाश श्रेष्ठ (धरान) र वरिष्ठ तवलाबादक रविन्द्रलाल श्रेष्ठको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गरेको छ ।

बैठकमा केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, डा। रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के।सी।, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ भाद्र १३ गते विहान ११ः०० बजे पुनः बस्ने पार्टीले जनाएको छ ।