आर्थिक

गरिमा विकास बैंकका दुई साखा र एटिएम् उद्घाटन

काठमाण्डौ । गरिमा विकास बैंकले विहिवारमोर¨ न.पा. वडा नं.७ इटहरा रोड स्थित उर्लावारी शाखा कार्यालय तथा एटिएम् समेतको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन मोरङ नगरपालिका प्रमुख खड्ग वहादुर फागो र ईनरुवा न.पा. वडा नं.१ भगवती मन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटिएम्को ईनरुवा नगरपालिका प्रमुख राजन मेहतावाट ताम्रपत्र अनावरण गरि क्रमशः दूई शाखा कार्यालयहरुको समुद्घाटन गरेको छ ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बलबन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदाविकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्वदिईरहेको बताए । त्यसैगरी विकास बैंककाप्रमुखकार्यकारी अधिकृतश्री गोविन्द प्रसाद ढकालज्यूले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामाभएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवाप्रवाहमासदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।

कार्यक्रममा मोर¨ उघोग वाणिज्य संघका अध्यक्ष पितम खड्गीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए, बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने वैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए तथा विकास वैंकका अध्यक्ष चन्द्रकान्त वरालले कार्यक्रमको समापन गरेका थिए ।

त्यस्तै गरिईनरुवा न.पा. वडा नं.१ भगवती मन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटिएम्को उद्घाटन कायैक्रममा ईनरुवा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र गोदारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए, बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । वैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उघोग वाणिज्य संघ ईनरुवा नगरपालिकाका सहसचिव रोशन खड्काले समसामयिक विषयमा प्रकाश पारेका थिए । विकास वैंकका अध्यक्ष चन्द्रकान्त वरालले कार्यक्रमको समापन गरेका थिए । उक्त दुवै कार्यक्रमको संचालन विकास वैंकका नायव महाप्रवन्धक माधव प्रसाद उपाध्यायले गरेका थिए ।