आर्थिक

सिभिल बैंकद्वारा हावाहुरीपीडित विद्यालयको छत मर्मतका लागि आर्थिक सहयोग

काठमाण्डौ । समृद्धिको लागिसिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्यकलाकार एवं प्रस्तोता सन्दिप क्षेत्री केहि समय अघि प्रशारण भएको “को बन्छ करोडपति”े टिभि कार्यक्रममा सहभागी भएका थिए र सो कार्यक्रममा रु एक लाख साठी हजार(कर सहित)नगद पुरस्कार जितेक थिए । सो रकममाथप गरी जम्मा रु तीनलाख पु¥याई गतवर्ष आएका हावा–हूण्डरी प्रभावित विद्यालयको संरचनामर्मत गर्नको लागी प्रदान गरिने वाचा गरिएको थियो ।

आज एक कार्यक्रमकाविच पर्सा, खुतुवा पर्र्सौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विद्यालय भवनको छत मर्मतको लागिसो रकम हस्तान्तरण गरेको छ । सो रकम सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग, युवराज गुरागाईंले विद्यालयका प्रधानअध्यापक रामेश्वर प्रसाद यादवलाई हस्तान्तरण गरे । यस अघि पनिश्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, जितपुर, बाराको छत मर्मतको लागिबैंकले रकमप्रदान गरेको थियो र यो सहयोग संगै बैंकले गरेको वाचा पुरा गरेको छ ।

सिभिल बैंकले समाजप्रतिको उत्तरदायीत्व बहन गर्ने क्रममा विभिन्न सामाजिककार्यहरु गर्दै आएको छ त्यसका साथै आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवातथा सुबिधामाविशेष ध्यानदिंदै ग्राहकसेवालाइ निरन्तर रुपमाचुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको कुरा बैंकले जनाएको छ ।