आर्थिक

बैंकमात्र होईन कुनैपनि व्यावशाय राम्रोसँग चल्न प्रविधिसँग जोडिनैपछः सिईओ भण्डारी

काठमाण्डौ । कुमारी बैंकले आफ्ना ग्राहक लगायत सर्वसाधारणहरुलाई थप सुविधा दिने उद्देश्यले देशकै प्रचलित र एप–बेस्ड बुकिङ्ग सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेटसँंग डिजिटल पेमेन्ट सम्बन्धी सहकार्य गरेको छ ।

आधुनिक सूचना प्रविधिको प्रयोग गरीे दैनिक आवतजावत सहज बनाउनका लागी सारथीका ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैंकले जनाएको छ । सो प्रविधिले नगदरहित र झन्झटमुक्त कारोबारमा सहजता ल्याउनुका साथै ट्याक्सी व्यवसायीको आम्दानीलाई पनि तुरुन्तै सम्बन्धित बैंक खातामा जम्मा भई बचत हुने र उक्त निक्षेपमा प्राप्त हुने ब्याजको समेत लाभ हुनेछ । यसैगरी, ग्राहकवर्गहरुले पनि बायोमेट्रिक लगईन मार्फत सुरक्षित, नगदरहित भुक्तानी गर्न सक्नेछन् ।

बैंकले सहकार्य गर्ने सारथी र फोन पेका पदाधिकारीहरुसंगको कार्यक्रम उद्घाटन गर्दै कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत गोपाल भण्डारीले बैंकले मात्र नभएर सबै व्यावशाय नै राम्रोसँग चल्नका लागि प्रविधिसंग नजिक हुन जरुरी भएबमोजिम नै कुमारी बैंकले पनि नयाँ तरिकाले प्रविधिसँग जोडिएको दाबी गरे ।

ग्राहक र चालक दुवैको सहजता र सुरक्षालाई मध्यनजर राख्दै सो सुविधा विस्तार गर्न लागिएको हो । सो पेमेन्टमा ग्राहकहरुले कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपका साथै फोनपे नेटवर्क अन्तर्गतका सम्पूर्ण बैंक र वालेटबाट पनि सिधै भुक्तानी गर्न सक्नेछन् । बैंकले सो पेमेन्ट प्रणालीको प्रोत्साहनका निम्ति सेप्टेम्बर १ देखि ग्राहक र चालक दुवैका लागि आकर्षक बोनस र क्यास ब्याकको योजना पनि ल्याएको छ । उक्त योजना अनुरूप हरेक QR पेमेन्टको कारोबारमा चालकले रु १५ सम्मको बोनस तथा ग्राहकले रु २० सम्मको क्यास ब्याक प्राप्त गर्नेछन् ।

आफूलाई समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शाउन सफल कुमारी बैंकले आफ्ना देशभर रहेका १०३ शाखा संजाल, ९३ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा सेवाहरु दिँदै आएको बैंकले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पु¥याउने प्रतिबद्धता जनाएको छ ।