अन्तर्राष्ट्रिय

केन्यामा चिनिया लगानीमा डायपर उद्योग स्थापना

नैरोबी । चिनियाँ लगानीकर्ताहरुले बुधबार पूर्वी अफ्रिकी मुलुक केन्यामा डायपर उद्योग स्थापना गरेका छन् ।

सुन्डा केन्या इन्डस्ट्रीयल कम्पनीका कारखाना निर्देशक हुआङ शिवोईले कारखाना स्थापनाका लागि तीन करोड ९० लाख डलर लगानी भएको जानकारी दिए। केन्याको राजधानी नैरोबीभन्दा करिब ३० किलोमिटर दक्षिणपश्चिममा स्थापना गरिएको यो कारखाना करिब ३५ एकड जमिनमा फैलिएको छ ।

“यस कारखानाको वार्षिक उत्पादन क्षमता करिब ३५ करोडदेखि ४५ करोड थान रहेको छ,” हुआङले भने ।

हुआङले केन्यामा डायपरको कूल माग वार्षिक करिब ८० करोड थान रहेको छ ।

डायपर कारखानका अनुसार यस कारखानका कारण डायपर खरिद गर्न केन्याले विदेशी मुद्रा खर्चिनु पर्ने छैन । “कारखानाले स्थानीय करिब ३०० जनालाई स्थायी रोजगारीको अवसर पनि दिनेछ,” उनले बताए ।

उहाँले आगामी तीनदेखि पाँच वर्षभित्र विदेशीको सामान्य रेखदेखमै स्थानीय कामदारले डायपर उत्पादनका सबै कामको जिम्मेवारी लिन सक्ने जानकारी पनि दिए। यसबाट केन्याली श्रमिकको क्षमता विकास गर्न पनि ठूलो मद्दत पुग्नेछ ।

केन्यामा चिनियाँ डायपर चीनबाटै उत्पादन भएर केन्याली बजारमा पुग्ने गर्दथे । “विगत १० वर्षदेखि हामीले केन्यामा डायपर व्यवसाय गरिरहेका थियौं, र पछिल्लो समय डायपरको मूल्य पनि २० देखि ३० प्रतिशत घटेको छ । डिजाइन, मूल्य र गुणस्तरको दृष्टिबाट नयाँ कारखाना निकै उपयोगी हुनेछ,” हुआङले बताए ।

उच्च गुणस्तर कायम राख्न चिनियाँ लगानीकर्ताहरुले डायपर उत्पादनमा विशिष्ट उपकरणका साथै उच्च गुणस्तरका कच्चा पदार्थको प्रयोग गरिने हुआङले बताए ।

केन्या लगानी बोर्डका महाप्रबन्धक गुराचा अडीले चिनियाँ लगानीकर्ताहरुले केन्याको उत्पादन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । विदेशी लगानी आकर्षित गर्नेतर्फ केन्या सरकारले उच्च प्राथमिकता दिइरहेको छ ।

केन्याले सन् २०२२ को अन्त्यसम्ममा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा कारखाना क्षेत्रको हालको ८।३ प्रतिशत योगदानलाई वृद्धि गरी १५ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।