समाचार

किन लगायो ओली सरकारका मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीले ताला ?

काठमाडौ । काठमाडौंका एक मन्त्रीको गाडीलाई नै कारबाहि गरि एक प्रहरीले प्रसंसनिय कार्य गरेको छन् । काठमाडौं जस्तो व्यस्त सहर को हरेक गल्लि देखी फट्पाथ जहाँ सर्वसाधारणलाई हिँडडुल गर्न नै मुस्किल पर्ने गर्दछ ।  त्यसमा पनि अथाभावीको पार्किङले झनै अप्ठेरो पर्ने गरेको हुन्छ ।

विभिन्न स्थानमा पार्किङको व्यवस्था हुँदा हुँदै पनि हरेक व्यक्तिको लार्पबाहि पन वा अटेरी पनका कारण नियमै मिचेर जथाभावी पार्किङ गर्दा विभिन्न दुर्घटना हुने गर्दछन् । यस्तै क्रममा बुधबार दिउँसो फुटपाथमै मन्त्रीले गाडी पार्किङ गरेपछि प्रहरीले कारबाहि स्वरुप एक मन्त्रीको गाडीमा ताला (ह्वील लक) लगाई दिएको छ ।

बुधबार दिउँसो नयाँ बानेश्वरमा फुटपाथमै पार्किङ गरेर राखिएको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने झण्डावाल बा २ झ४८६२ नम्बरको गाडीमा ट्राफिक प्रहरीले ताला लगाएको हो । गाडीमा मन्त्री महासेठ नभएको र चालकले जथाभावी रुपमा पार्किङ गरेपछि ताला लगाएको प्रहरीले जानकारी दिएको छ ।

साथै चालकलाई एक हजार जरिबाना तिराएर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ । यसरी सर्वसाधारणका लागि निएम कानुन वनाउने व्यक्तिले नै निएम मिचेपछि पटक–पटक आलोचनाको सिकार हुँदै आएका छन् । पटक– पटक विभिन्न मन्त्री सवार गाडी ट्राफिक कारबाहिमा गर्ने गरेको घटना सार्वजनीक भैरहेका हुन्छन् ।

मन्त्रीको यस्तो रबैयाले गर्दा एउटा प्रश्न उब्जीएको छ के हरेक निएम कानुनको बारेमा जनता मात्र जानकार हुन जरुरी छ सरकार र सरकारका रहेका व्यक्ति होईन । यसअघि पनि सिंहदरबारको पूर्वी गेटनजिकै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी चढ्ने बा २ झ ४३८८ नम्बरको सरकारी गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेको थियो ।