राजनीति

प्रधानमन्त्री विरुद्ध सर्वसाधरणको असन्तुष्टीः माग्न थाले राजीनामा

काठमाडौं । वर्तमान ओली नेतृत्वको सरकारको यतिबेला विभिन्न कारण चौतर्फि बिरोध भैरहेको छ । विभिन्न राजनीतिक दल, प्रतिपक्ष दल देखी लिएर सर्वसाधारण जनताका साथै विभिन्न निकायबाट सरकारका कार्यको चौतर्फि बिरोध भैरहेको छ ।

साथै विभिन्न विज्ञहरुले ओली नेतृत्वको वर्तमान सरकारलाई इतिहासकै निकम्मा र नालायक सरकारको संज्ञा दिने गरेका छन् । पछिल्लो समय विभिन्न कर्मकाण्डका कारण सरकारले आफ्नो साख गुमाउँदै गईरहेको छ । सरकारले गर्ने हरेक निर्णय आपक्तिजनक र बिरोधपुर्ण रहेका छन्, जस्को बिरोध प्रतिपक्ष वा अन्या दलले मात्र नभई सक्तापक्षकै नेता कार्यकर्ताले गर्न थालेका छन् ।

निर्वाचनका बेला जनतासंग गरेको प्रतिबद्धता पुरा गर्न नसकेको कारण पनि वर्तमान सरकारले नेपाली जनताको मन जित्न सकेको छैन । निर्वाचनका बेला बिभिन्न सपना देखाएको सरकारले उल्टै मुलुक डुवाउनु का साथै नागरिकलाई दुःख दिन थालेपछि जनतामा निरासा छाएको छ । साथै वर्तमान सरकारले नागरिकको बोल्ने तथा स्वतन्त्र हुने अधिकार समेत खोस्न थालेको अनुभुती हुने गरेको छ ।

विभिन्न विद्येक देखी लिएर निर्मला हत्या काण्ड, ३३ किलो सुन काण्ड, जस्ता विभिन्न काण्डै– काण्डले भरिएको सरकारको पटक–पटक चौतर्फि बिरोध भैरहेको छ । दुई तिहाईको ओली नेतृत्वको सरकारकार गठन भएको एक वर्ष बितिसक्दा पनि मुलुक मा कुनै राम्रो कार्य नभई मुलुकमा ब्याप्त भ्रष्टचार बढ्नु, जनताको ढाढ सेक्नेगरी कर वढ्नुले ओली सरकारको आलोचना चौतर्फि भैरहेको छ ।

सरकारले गर्ने हरेक कार्य त्रुटिपुर्ण र जनतालाई मारमा पार्ने खालका भएको भन्दै प्रतेक दिन सडकमा नागरिकको हुल मच्चिएको देखीनुले ओली सरकार निकम्मा भएको प्रमाण प्रस्तुत गरिरहेको छ । मिडीयालाई नियन्त्रण गर्ने खालको मिडीया विद्येयक ल्याएर सरकारले मिडीयालाई नियन्त्रण गर्न खोजेको कारण पनि आलोचीत बनेको छ ।

साथै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले हिजोमात्रै सरकारका विरुद्ध डिकमा उत्रने चेतावनी दिदै यस्मा साथ दिन सबैलाई आग्रह गरेका थिए । सरकारका कारण मुलुकमा ब्याप्त भ्रष्टचार का बिरोधमा आन्दोलन गर्ने उन्ले उद्यघोष गरेको थिए । यति मात्र होईन सरकारले विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएर मुलुकलाई युद्धको भुमरीमा फसाएको विभिन्न विश्लेसकहरु बताउछन् ।

साथै ओली सरकारले मुलुकमा राम्रो कुनै काम गर्नै नसकेको मुलुकमा सुशासन कायम गर्न नसकेको, भ्रष्टचार नियन्त्रण गर्न नसकेको भन्दै विभिन्न सर्वसाधारण, विशिष्ट व्यक्ति, र राजनीतिक दलका नेता कार्यकर्ताले पटक–पटक सरकार प्रमुख प्रधानमन्त्री ओलीको राजिनामा माग्दै आएका छन् । 

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगाएत विभिन्न सार्वजनिक कार्यक्रम लगाएतमा वर्तमान सकारकार असफल भएको भन्दै राजिनामा दिनुपर्ने बताउँदै आएका छन् ।

यसै क्रममा नेपाल जेसीसका पुर्व अध्यक्ष अर्जुन प्रसाईले केपि शर्मा ओलीको स्वाथ्य अवस्था ठीक नभएको भन्दै राजीनामाको माग गरेका छन् । मुलुक सञ्चालन गर्ने व्यक्ति शारिरीक र मानसिक दुबै रुपले स्वस्थ भएमात्र मुलुक विकाशमा टेवा पुग्ने उनको भनाई छ ।

साथै देश चलाउने व्यक्ति नै मानशिक, शारिरीक रुपमा रोगी भए जनता कसरी स्वस्थ हुनसक्छ भन्दै ओलीले राजिनामा दिनुपर्ने उल्लेख गरेका छन् । अन्यथा देश अस्थिर रहने तर्फ पनि उनले सबैलाई सचेत गराएका छन् ।

उनको स्टाटस्ः

 

यस्तै अर्का एक मेनपावर व्यवसायी बिमल ढकालले ओलि नेतृत्वको वर्तमान सरकार इतिहासकै असफल र निकम्मा भएको बताएका छन् । सरकारको चरित्र यतिचाडै जनताका सामु नाङ्गीनु गम्भिर प्रश्न भएको बताएका छन् ।

उनको स्टाटस्ः