आर्थिक

माछापुच्छ्रे बैंकको ११ प्रतिशत नगद एवं ५ प्रतिशत बोनस शेयर

काठमाण्डौ । माछापुच्छ्रे बैंकको मिति मंगलबार बसेको संचालक समितिले गतआर्थिक बर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको १६प्रतिशत लाभांश वितरण गर्न प्रस्तावगर्ने निर्णय गरेको छ । उक्त लाभांशअन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गतआर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैंया संचित छ ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचकालागिनयाँनयाँ स्थानहरुमा आफ्नो सेवाविस्तार गर्दै आएको छ । नयाँशाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवापनि उपलब्ध गराउदैँ आएको छ ।

बंैकले पूर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका छन् ।