सामाजिक सञ्जाल

महाराजा शैलिको भ्रष्ट ओली सरकारका कारण गणतन्त्र खतरामाः नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले गणतन्त्र खतरामा परेको बताएका छन् । सामाजीक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले राजा शैलिको भ्रष्ट वर्तमान ओली नेतृत्वको सरकारका कारण गणतन्त्र खतरामा परेको बताएका छन् ।

श्रीपेच लगाएका भ्रष्ट महाराजहरुका कारण राजसंस्थाको अन्त भएको बताउँदै उनले गणतान्त्रिक नेपालमा श्रीपेच नलगाएका भ्रष्ट महाराज शैलिको सरकारका कारण  गणतन्त्र खतरामा परेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

साथै उनले गणतन्त्र को सबलीकरण र मुलुक विकासका लागि भ्रष्ट माहाराजा शैलिको नेता नभई जनताको प्रिय नेता बन्नु पर्नेमा जोड दिएका छन् । उनले गणतन्त्र खतरामा पर्यो भनेर गित गाउँदै हिड्नु भन्दा पनि यस्को रक्षामा जुटन सबै राजनितीक दलहरुलाई आग्रह गरे ।

उनको ट्वीटः  गणतन्त्र खतरामा पर्यो भन्दै रोइलो गर्ने नेताहरुले बुझोस्“श्रीपेच लगाएका भ्रष्ट महाराजहरुका कारण राजसंस्थाको अन्त भयो र गणतान्त्रिक नेपालमा श्रीपेज नलगाएका भ्रष्ट महाराजहरुका कारण गणतन्त्र खतरामा परेको हो । गणतन्त्रको सबलिकरणका लागि भ्रष्ट महाराज होइन, जनताको नेता बन्नुपर्छ।“