खेलकुद

कराते च्याम्पियनसिपमा नेपाललाई १ स्वर्णसहित ८ पदक

काठमाडौं । भारतको उत्तरखण्डमा भएको नेपाल(भारत फ्रेन्डसिप कराते च्याम्पियनसिपमा नेपालले १ स्वर्णसहित ८ पदक जितेको छ ।  भारतको ऋषिकेशमा भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, ३ रजत र ४ काँस्य पदक जितेको हो ।

प्रतियोगितामा जे के एफ रेन्बुकाई कराते डो संघ नेपालबाट सहभागिता जनाएका नविन दर्जीले स्वर्ण जिते । यस्तै सम्बु मुसहर, सबिन आले र दृष्टि गाहा मगरले रजत जिते । यस्तै ओम जर्गा मगर,राज कुमार थारु, सृष्टि गाहा मगर र सन्जय लामा गुरुङले काँस्य पदका जितेका छन् ।

नेपाली टोलीको प्रशिक्षकमा राजु अग्रहरी, जे के एफ रेन्बुकाई नेपालका अध्यक्ष हेमन्त राना, प्रशिक्षक तथा एम्पायर भुपेन्द्र सिंह थापा, संघका सदस्य सन्जु थापा लगायतका टोली भारत गएको थियो । प्रतियोगितामा नेपाल दोस्रो भएको थियो ।