प्रदेश 2

जनतालाई एम्बुलेन्स छैन मेयर सरावगी महंगो गाडीमा हिँड्छन् आन्दोलनमा उत्रिन बाध्य भयौं

बिरगंज । बिरजंज महानगरपालीकाका मेयर जिय सरावगी तथा अन्य जनप्रतिनिधिका विरुद्धमा राजपाका कार्यकर्ताहरुले नाराजुलुससहित विरोध गरेका छन् । निर्बाचनका बेला उपेन्द्र यादवको पार्टी संघीय समाजबादीबाट मेयरमा विजयी भएका सरावगीलाई राजपाको समेत समर्थन सिथयो ।

स्थानीय तहको यिनर्बाचनका बेला जनतासँग गरेको बाचा पुरा गर्ने भन्दापनि भ्रष्टाचार बढेको, सानालाई ऐन ठूलालाई चैन, जनताको सामान्य सुविधामा समेत चासो नदिएको, साना ठूला योजना अलपत्र परेको, शिक्षामा हस्तक्षेप गरेर धरायशी बनाएको, कर वृद्धि गरेर जनतामाथि भार थपेको लगायतका आरोपहरु लगाएका छन् ।

प्रदेश नम्बर २ को एक महात्र महानगरपालीका भएपनि मेयरले महंगो गाडीमा सवार रहने तर जनता एम्बुलेन्स नपाएर उपचार गर्न नपाउने राम्रो नभएकोले आन्दोलनमा जानुपरेको उनीहरुको भनाई छ ।

आन्दोलनको नेतृत्व गरेका महासचिव राजमान सिंहले जनप्रतिनिधिले गोजीभर्नेबाहेक केही पनि काम नगरेको आरोप लगाएका छन् । आरोसहित शहरका विभिन्न भागमा आन्दोलन गर्दै मेयर सरावगीलाई ज्ञापनपत्र बुझाएका थिए ।