राजनीति

सभापति देउवाको निर्देशनः लोकतन्त्र रक्षाका लागि कम्युनिष्टसंग लड्न तयारी रहनुस्

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा नेतृत्वको सरकारले न्यायालय, मानवअधिकार, प्रहरी, आर्मी, कर्मचारी, संचार लगायतका सम्पूर्ण क्षेत्रलाई तहसनहस बनाएको आरोप लगाएका छन्। सभापति देउवाले प्रेश नियन्त्रण गरेपछि विस्तारै अन्य क्षेत्रहरु पनि नियन्त्रण गरी लोकतन्त्र नै सामाप्त पार्ने खेलमा सरकार लागि परेको दाबी गरेका छन्।

सभापति देउवाले प्रेश युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै काँग्रेस कार्यकर्ताहरुले लोकतन्त्र रक्षाका लागि पुनः लड्नुपर्ने दिन आउने हुँदा त्यसका लागि तयार रहन आग्रह गरेका छन्। उनले तयारी हालतमा बस्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले मान्छे असफल हुन थालेपछि आत्तिने परम्परा अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद बैठक चलाएको बताउँदै प्रधानमन्त्रीले आफूभन्दा अरु कोहीपनि प्रधानमन्त्री बन्न योग्य नरहेको उनको सोचाई संकुचित रहेको भनेका छन् । कार्यक्रममा प्रेश युनियनका केन्द्रीय अध्यक्ष अजयबाबू सिवाकोटीको अध्यक्षतामा भएको थियो भने संचालन महासचिव बद्री सिग्देलले गरेका थिए ।