लुम्बिनी

जिल्लामा अस्पताल स्थापना हुने भएपछि नागरिक हर्षित

परासी । नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

पाँच वर्ष्भित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको हो ।

वडा नं ८ मा रहेको उक्त स्वास्थ्यचौकीमा हाल प्राथमिक उपचार मात्रै हुने भएकाले स्थानीयवासी उपचारका लागि बुटवल, भैरहवालगायतका अस्पताल जानुपर्ने बाध्यता रहेको छ । सरकारले आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने गरी प्रक्रिया थालेपछि स्थानीयमा खुशीयाली छाएको वडाध्यक्ष नीलकण्ठ गैरेले जानकारी दिएका छन् ।

अस्पताल स्थापना हुने भएपछि यहाँका सबै स्थानीयवासी उत्साहित छन्”, उनले भने । पूर्वपश्चिम राजमार्गबाट नौ किलोमिटरको दूरीमा रहेको सो स्वास्थ्यचौकीमा आधारभूत तहको स्वास्थ्य सेवा पनि नहुँदा यहाँका बिरामीले वर्षाैँदेखि सास्ती भोग्दै आएका स्थानीयवासी कुलचन्द्र भण्डारीले बताए ।

नगरपालिकाभित्रै भए पनि भौगोलिक हिसाबले वडा नं ७ र ८ दुर्गम मानिन्छन् । विसं २०५३ मा स्थापना भएको सो स्वास्थ्यचौकीमा अहिले कार्यालय सहयोगीसहित सात जनाको दरबन्दी रहेको स्वास्थ्यचौकी इन्चार्ज अमृता कँडेलले बताका छन् ।

यहाँ बिरामीको चाप नै छ, दैनिक ७०÷८० बिरामीले सेवा लिने गरेका छन्, स्वास्थ्यचौकीबाट हामीले ल्याबसहितको प्राथमिक तहको उपचार सेवा दिँदै आएका छौँ”, उनले भने । सुनवलसहित रामग्राम र देवदह नगरपालिकाका केही वडाका बासिन्दा पनि यही स्वास्थ्यचौकीको भरमा रहनुपरेको छ ।

यहाँ निर्माण हुनलागेको १५ श्ययाको प्राथमिक अस्पतालबाट आवश्यक भौतिक पूर्वाधार, एक विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, स्वास्थ्य उपकरणसहितको आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् । जसमा बहिरङ्ग सेवा, ‘इन्डोर’ सेवा, प्रयोगशाला, २४सैँ घण्टा आकस्मिक सेवालगायत सेवा उपलब्ध हुने वडाध्यक्ष गैरेले जानकारी दिका छन् ।