समाचार

रवि लामिछाने भ्रष्टाचार, गुण्डागर्दी बिरुद्धमा आक्रमक छन्, आत्तिनु पर्दैनः शुसीला कार्की

काठमाण्डौ । पुर्व प्रधानन्यायधीश शुसीला कार्कीले विना प्रमाण कसैले आरोप लगाएकै भरमा कसैले सजायको भागीदार हुनु नपर्ने बताएकी छन् । उनले कसैले आरोप लगाएर हालेको मुद्धामा भारतको सर्बोच्च अदालतले पनि त्यसको विपक्षमा निर्णय गरेको नजिर भएको भन्दै सिंगल एउटा प्रमाणका आधारमा कसैलाईपनि अपराधी भन्न नमिल्ने दाबी गरेकी छिन्।

नेपालमा भएका भ्रष्टाचार, गुण्डागर्दी, अन्याय अत्याचार बिरुद्धमा रवि लामिछाने बोल्दा उनीहरुलाई मन नपरेको भन्दै मुद्धा पर्दाखेरी नै आत्तिनुपर्ने अवस्था भने नरहेको दावी गरेकी छन् । कार्कीले न्यूज २४ टेलिभिजनसंगको अन्तरवार्तामा बोल्दै राजनीतिक दलका कार्यकर्ताले रवि लामिछानेका समर्थकजति नेता कार्यकर्ता र जनता उतार्दा पैसा खर्च गर्नुपर्ने भएपनि जनताको मन जितेका कारण उनका पक्षमा त्यतिका मान्छे आएको खुलाएकी छिन् ।

भाद्र ९ गते अदालतको आदेशबाट ५ लाख धरौटीमा रवि लामिछाने छुटेपछि चितवनमा स्वतस्फूर्त रुपमा आएका हजारौँको संख्याका समर्थकहरुले राजनीतिक दलका उच्च नेतृत्व समेतलाई रवि लामिछानेले ब्यूँझ्याएको विश्लेषण राजनीतिक विश्लेषकहरुले बताएका छन् । मंगलबार गरेको धन्यबाद ज्ञापन कार्यक्रममा रवि लामिछानेको धन्यवाद भाषण सुन्न हजारौंको संख्यामा नारायणी नदी छेउ उपस्थित भएपछि शुसीलाले उक्र टिप्पणी गरेको हुन् ।

शुसीलाले केहीदिन अगाडीपनि जिल्ला अदालतले जस्तो निर्णय गरेपनि सर्बोच्च अदालतको फैसलाले रवि लामिछाने राम्रो भएकोले छाड्ने ठोकुवा गरेकी थिईन् । अर्कोतिर रवि लामिछानेसहित दुरुत्शाहन मुद्धाका आरोपीलाई छाड्न दबाब दिँदै मुलुकका ७७ वटै जिल्लाका नेपालीबाट मात्रज्ञ नभएर विश्वभरका नेपालीहरुको दबाब दुईतिहाई मतको केपी शर्मा ओली सरकारलाई परेको थियो ।
उनले दुरुत्शाहन मुद्धाको बिषयमा समेत संबन्धित निकायले सचेत हुनुपर्ने कुरा बताईन् ।

 

शुसीला कार्कीको ठोकुवाः रवि लामिछाने खराब मान्छे होईनन्, त्यसैले उनले अदालतबाट सफाई पाउछन्