प्रवास

फ्रान्स, क्यानडा र कतारको अध्यक्षमा शाही, घिमिरे र मुसलमान निर्वािचत

काठमाडौ । विभिन्न तिन देशका लागि गैर आवासीय नेपाली संघ एनआरएमा बिभिन्न व्यक्ति निर्वाचित भएका छन् । भर्खरै सम्पन्न निर्वाचनमा उनिहरु लगायतका सदस्यहरु निर्वािचत भएका हुन् ।  फान्समा आईतबार, क्यानडा र कतारमा मंगलबार भएको निर्वाचनमा उनिहरु निर्वाचित भएका हुन् ।

यसैक्रममा आईतबार फ्रान्सको अध्यक्षमा नरेन्द्र शाही निर्वाचित भएका हुन् । आफ्ना प्रतिद्वन्दी हरि सापकोटालाई पछार्दै आईतबार एनआरएनए फ्रान्सको नेतृत्व आफ्नो पोल्टामा पारेका हुन् । यस्तै फ्रान्सको लागि उपाध्यक्षमा अम्मर भण्डारी र गिता खनाल, महासचिवमा मिन कुमार श्रेष्ठ, सचिवमा राजु बस्नेत, कोषाध्यक्षमा लालबहादुर सोडारी निर्वाचित भएका भएका थिए ।

युवा संयोजकमा कसैले उम्मेदवारी नदिएपछि दिलीप गुरुङ चुनिएका छन् । यसैगरी अन्तर्रा्ष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा पान कुमारी मल्ल विजयी भएकी छन् । एनआरएनए फ्रान्समा करिब ३ सय ७१ जना मतदाता छन् । ती मध्ये झण्डै ८० प्रतिशतले मतदान गरेका छन् ।

यस्तै उता क्यानडाका लागि पनि एक व्यक्ति निर्वाचित भएका छन् । जसको अध्यक्षमा चिरञ्जिवी घिमिरे निर्विरोध निर्वाचित भएको बताईएको छ । अगस्त १७ मा सम्पन्न भएको अधिवेशनले उपाध्यक्षहरुमा हेमन्त थापा, अर्जुन कुमार विश्वकर्मा, विजय पौडेल, महासचिवमा पिताम्बर भट्टराई, सचिवमा फडिन्द्र श्रेष्ठ र कोषाध्यक्षमा सरोज भट्टराईलाई निर्वाचित गरेको छ ।

यसै गरि प्रवक्तामा नेत्र खतिवडा ( दिनेस), महिला संयोजकमा सुजता गुरुङ र युवा संयोजकमा ईश्वर खत्रीलाई निर्वाचित गरेको छ । डा. सुशील दोरंगा, शरद शेरचन, तुलासिङ भट्टचन, अनन्त आचर्य, देवेन्द्र हरि सुवेदी, सन्तोष बराल र रबिन्द्र घिसिङ सदस्यमा निर्वाचित भएका छन् । आईसीसी सदस्यमा एनआरएनए क्यानडाका पूर्व अध्यक्षद्वय तुल्सी सापकोटा र गोपि कृष्ण काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।

साथै कतारको आठौं महाधिवेशनले कपिलवस्तुका मुक्तदा मुसलमानलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आफ्ना प्रतिद्वन्दी तेज कटुवाललाई ९ सय ४६ मत अन्तरले पराजित गर्दै उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।  मुक्तदाले दुई हजार ६६ सय मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा उत्तम गुरुङ, द्वितीय उपाध्यक्षमा कुमार खड्का निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेल र्नि्विरोध निर्वाचित भएकी छन् ।

महासचिवमा पदम गिरी, सचिवद्वयमा नेत्रकुमार भुजेल र अफसरअली खान, कोषाध्यक्षमा विनोदप्रसाद बसौला, सह(कोषाध्यक्षमा मोहम्मद तानविर मोहम, युवा संयोजकमा रविन मगर निर्वा्चित भएका छन् । महिला संयोजकमा अम्बिका खत्री र्नि्विरोध निर्वाचित भइन् ।

कार्यसमिति सदस्यमा क्रमशः गजेन्द्र राई, सुनिलकुमार घिमिरे, केशवराज कार्की, ओमबहादुर क्षेत्री, केशवप्रसाद खनाल, गोपाल खतिवडा, नरेश श्रेष्ठ, राजु राई, ज्वाला शाही, झबिन्द्र आचार्य, घनश्याम जैशी, बालकृष्ण न्यौपाने, अवधेश कुमार मन्डल, अब्दुल खालिक शेख, सेवक बिक, सञ्जय राजक, शेख अब्दुल राजिक र मो सकिल अहमद निर्वाचित भए ।

लेखा संयोजकमा मुख्तार आलम र लेखा समिति सदस्यमा पुरुशोत्तम लामिछाने र कबिन्द्र कँडेल निर्वाचित भएका छन् । कतारलाई प्रतिनिधित्व गरी गैरआवासीय नेपाली संघको अन्तर्रा्ष्ट्रिय समन्वय समितिको सदस्यमा भने सबैभन्दा बढी मत ल्याएर रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा र केवी हमाल निर्वाचित भएका छन् । आउँदो अक्टोवर १५ देखी १७ सम्म काठमाडौंको हायात होटेलमा सम्पन्न हुन लागेको कन्फरेन्स भन्दा अगावै विश्वभरमा रहेका विभिन्न अधिवेशन गर्नुपर्ने विधान अनुसार विभिन्न मुलुकमा एनआरएनले आफ्नो अधिवेशनहरु जारी राख्दै नयाँ नेतृत्वहरु चएन गर्ने क्रा जारी राखेको छ ।