अन्तर्राष्ट्रिय

लिबियामा डुङ्गा दुर्घटना, कम्तीमा ४० को मृत्यु भएको आशङ्काः राष्ट्रसङ्घ

एजेन्सी । लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ४० यात्रुको मृत्यु भएको आशङ्का गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय यूएनएचसी आरले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो भने ४० जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए ।

यूएनएचसीआरका प्रवक्ता चार्ली याक्सलेले घटनाबारे ट्वीटरमार्फत जानकारी गराएका हुन् । यस बिषयमा विस्तृत विवरण आउन बाँकी छ । चार्लीले भने “ठूलो क्षति भएको हुनसक्ने सूचनाहरू आएका छन् । यसबारे थप जानकारी पछि गाराइने छ ।”